आज:  | Tue, 23, Apr, 2024

बेमौसमी बर्षाका कारण धान बालीमा क्षति पुगेका किसानलाई यथासक्य राहत उपलब्ध गराउन जिल्ला प्रशासन धादिङलाई ध्यानाकर्षण

२२ पुष २०७८, बिहीबार १८:२९ मा प्रकाशित ( २ साल अघि) ७२२ पाठक संख्या
नारी बाटिका


धादिङ ।
बेमौसमी बर्षाका कारण धान बालीमा क्षति पुगेका किसानलाई यथासक्य राहत उपलब्ध गराउन नागरिक संस्थाहरुले जिल्ला प्रशासन धादिङलाई ध्यानाकर्षण गराएका छन् । आज प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साललाई ध्यानाकर्षण पत्र बुझाउदै पिडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन आग्रह गरेको हो ।
गत कार्तिक महिनामा परेको बेमौसमी बर्षाले किसानले थन्क्याउन लागेको धान बालिमा क्षति पु¥याएको थियो । जसका कारण किसानहरु मर्कामा परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरीएको छ । बेमौसमी बर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड समेत मन्त्रीपरिषदले पारित गरि कार्यान्वयनमा आइ सकेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बेमौसमी बर्षाका कारण अन्नवालीमा क्षती भएको भनि पालिकामा हालसम्म प्राप्त भएका क्षतिको विवरण र तथ्य सहित उपलब्ध गराइ दिनुहुन आग्रह गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस