आज:  | Sat, 20, Apr, 2024

आज इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमस’ मनाइँदै

१० पुष २०७८, शनिबार ०९:४६ मा प्रकाशित ( २ साल अघि) ५४० पाठक संख्या
नारी बाटिका


धादिङ ।
आज इसाई धर्माबलम्बीहरूको महान पर्व ‘क्रिसमस’ नेपाल सहित विश्वभर मनाइँदैछ । कोरोना महामारीका कारण यसवर्ष पनि अन्य वर्षहरूको तुलनामा क्रिसमस सामान्य रुपले मनाउन लागिएको हो । प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा इसाईहरूले आज क्रिसमस मनाउने गर्छन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले मनाउने यो चाडमा पछिल्लो समय अन्य धर्मका युवायुवती पनि रमाउने गरेका छन् । आजभन्दा २ हजार २० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमको गर्भबाट येशुको जन्म भएको इतिहास छ । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रमहरु गर्ने गर्छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस