आज:  | Fri, 26, Apr, 2024

धादिङमा ४ हजार ४ सय ७६ जना वालवालिकाले कोरोना विरुद्धको मोर्डना खोप लगाए

६ पुष २०७८, मंगलवार ०३:४६ मा प्रकाशित ( २ साल अघि) ५७५ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङमा सोमबार २ हजार २ सय ९४ छात्रा र २ हजार १ सय ८२ जना छात्र गरि ४ हजार ४ सय ७६ जना वालवालिकालाई कोरोना विरुद्धको मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । १२ देखी १७ वर्ष उमेर समुहका वालवालिकाहरुका लागि पहिलो चरणमा पहिलो मात्राको खोप पुसको ४ देखी ८ गते सम्म ८ ओटा स्थानिय तहमा लगाईदै छ ।
स्वास्थ्य कार्यालयले धादिङका १३ ओटा स्थानिय तहहरुमा ‘क’ र ‘ख’ गरेर २ चरणमा पहिलो र दोश्रो मात्रा मोर्डना खोप दिईने स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । ४५ ओटा खोप केन्द्रबाट उनिहरुलाई कोरोना विरुद्धको मोर्डना खोप लगाएको हो । पहिलो चरणमा निलकण्ठ नगरपालिका, रुविभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी ज्वालामुखी, नेत्रावती र सिद्धलेक गाउँपालिकामा संञ्चालन भईरहेको छ ।
यस्तै दोश्रो चरणमा पहिलो मात्रा खोप पुसको ७ गतेदेखि ११ गते सम्म ५ ओटा स्थानिय तहमा खोप अभियान संञ्चालन हुनेछ । धुनिवेशी नगरपालिका, थांक्रे, गल्छी, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संञ्चालन हुने खोप अधिकृत पोखरेलले बताउनुभयो । यस्तै माघको २ गतेदेखि ९ गतेसम्म दोश्रो मात्रा खोप लगाईने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस