आज:  | Sat, 20, Apr, 2024

धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नवराज शर्मा चयन

४ पुष २०७८, आईतवार ०६:५६ मा प्रकाशित ( २ साल अघि) ६९८ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नवराज शर्मा चयन हुनुभएको छ । शनिबार भएको धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७ औं बार्षिक साधारणसभा तथा अधिवेशनले शर्माको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा सिता दुवाडी खनाल, उपाध्यक्षमा चमेली वगाले काप्री, सचिवमा शान्त विक्रम वानिया, कोषाध्यक्षमा अर्जुन आचाय, रहनु भएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा इन्द्र बहादुर श्रेष्ठ, सदस्यहरुमा वासुदेव कडेल र नविन कुमार श्रेष्ठ चयन हुनुभएको छ । संघका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारी प्रमुख आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस