आज:  | Thu, 25, Apr, 2024

धादिङबेसीमा भएको डोरीतान प्रतियोगीतामा देउराली मा.वि प्रथम

३ पुष २०७८, शनिबार ११:२१ मा प्रकाशित ( २ साल अघि) ५४३ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङबेसीमा भएको डोरीतान प्रतियोगीता अन्तरगत नीलकण्ठ वडा नम्बर स्थित देउराली माध्यमिक विद्यालय प्रथम भएको छ । शनिबार भएको फाइनल खेलमा प्रथम हुँदै देउरालीले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । नेपाल डोरी तान संघ धादिङको आयोजना रहेको विद्यालय स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगितामा जिल्लाका १७ वटा माध्यामिक विद्यालयको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगितामा चिल्ड्रेनपार्क बोर्डिङ स्कूल द्धितीय र नीलकण्ठ मा.वि. तृतीय भएका छन् । द्धितीय र तृतीय हुने समूहहरुलाई क्रमश १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । जिल्लास्तरमा पहिलो पटक आयोजना गरिएको प्रतियोगीतामा खेलाडीहरुको उत्साहपूर्ण सहभागीता रहेको नेपाल डोरीतान संघ धादिङका अध्यक्ष अमृत तामाङले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस