आज: २०८२ चैत्र १०, मंगलबार | Tue, 24, Mar, 2026

जिल्ला अस्पताल धादिङमा निशुल्क हाईड्रोशिल अप्रेशन हुने

२०७८ पौष ३, शनिबार मा प्रकाशित ( ४ साल अघि) ४९९५ पटक पढिएको
नारी बाटिका


धादिङ ।
जिल्ला अस्पताल धादिङले निशुल्क हाईड्रोशिल अप्रेशन संचालन गर्ने भएको छ । जिल्लामा हाईड्रोशिल समस्या बाट ग्रसित बिरामीहरुलाई निशुल्क अप्रेशसन गर्ने, निशुल्क औषधि वितरण गर्ने र अप्रेशन पश्चात् जटिलता देखिएको खण्डमा निशुल्क उपचार गर्ने अस्पतालका सुचना अधिकारी विक्रम वि.क ले बताउनु भयो ।
यो वर्ष धादिङ अस्पतालमा चालु आर्थिक वर्षको जेष्ठ महिनासम्म ४० देखि ४५ जनाको निःशुल्क शल्यक्रिया गरिने योजना रहेको छ । जिल्लाको केही पालिकाहरुमा हाइड्रोशिलको बिरामीहरुको समस्या भएको भनेर देखिएकाले छिट्टै त्रिपुरासुन्दरी र ज्वालामुखी गाउँपालिकामा एक बिशेषज्ञ चिकित्सक लगेर स्क्रिनिङ(जाँच) कार्यक्रम राखिने वि.क ले बताउनु भएको थियो ।
हाइड्रोशिलका बिरामीहरुलाई अस्पतालसम्म निशुल्क उपचार लिन÷ल्याउनको बापत सहयोग, खबर अथवा जाँच गरीदिए बापत सम्बन्धित पालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वयमसेविकाहरुलाई प्रति बिरामी एक सय संचार खर्च समेत धादिङ अस्पतालले प्रदान गर्ने छ । अस्पतालका अध्यक्ष महेन्द्र धमालाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झा,जनरल सर्जन शंकरराज लामिछाने, नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक बिष्णु प्रसाद रिजाल,स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जर्नादन सिलवाल लगाएत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस