आज:  | Fri, 19, Apr, 2024

कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

१ पुष २०७८, बिहीबार १२:२५ मा प्रकाशित ( २ साल अघि) ३९४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं ।
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउदा विश्वप्रकाशले १९८४ मत पाउनुभएको हो । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिनुभएको हो । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित हुनुभएको छ । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस