आज:  | Fri, 26, Apr, 2024

नागरिक समाजद्धारा नीलकण्ठ नगरपालिका भित्रको दुईवटा विद्यालहरुमा अनुगमन

२९ मंसिर २०७८, बुधबार ०८:३३ मा प्रकाशित ( २ साल अघि) ४६९ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका भित्रको दुईवटा विद्यालहरुमा नागरिक समाजले अनुगमन गरेको छ । पारस्पारिक जवाफदेहिता परियोजना कार्यक्रम अन्र्तगत सरकारी निकायहरुबाट प्रवाह भईरहेको सेवाबारे अनुगमन गरेको हो । कसरी सेवा प्रवाह भईरहेको छ, त्यसबाट सेवाग्राही सन्तुष्ट छन् कि छैनन् भन्ने उद्धेश्यले नागरिक समाजको तर्फबाट निगरानी थालिएको नागरिक पारस्पारिक जवाफदेहिता परियोजनाका शेरबहादुर भण्डारीले बताउनु भयो ।
नागरिक समाजले विगतको समयमा पनि सेवा प्रवाहको निगरानी तथा अनुगमन गर्दै आएको छ । मंगलबार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा पर्ने रामकोट मा.वि र वडा नम्बर ९ को पाल्पासामरी भन्ज्याङ विद्यालयको अनुगमन गरिएको छ । विद्यालयको व्यवस्थापन समितिले वार्षिक रुपमा गरेका काम, समितिले गरेका निर्णय, सार्वजनिक सुनुवाई समयमा भएको छ कि छैन, विद्यार्थीको भर्नादर लगाएतको बारेमा अनुगमन गरिएको हो । बहादुर भण्डारी आवाज २
अनुगमनबाट शिक्षामा देखिएका राम्रा पक्ष, सुधार गर्नुपर्ने पक्ष र समस्याको बारेमा सम्बन्धित निकाय शिक्षा शाखाले आर्थिक सहयोग ग¥योस् भनेर पनि हरेक वर्ष सार्वजनिक सेवा प्रवाहमा नागरिक समाजको निगरानी हुँदैआएको छ । अनुगमनमा डेक नेपालका जिल्ला संयोजक शेर बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ धादिङका उपाध्यक्ष सानुबाबु तिमिल्सीना, डेक नेपालका श्याम मगराती, नारि जागण केन्द्र धादिङकी रेखा रेग्मी लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस