आज:  | Fri, 26, Apr, 2024

धादिङ अस्पताललाई एक सय शैयाको बनाउने प्रयत्नरत गरिरहेका छौं ः मुख्यमन्त्री पाण्डे

२९ मंसिर २०७८, बुधबार ०६:०० मा प्रकाशित ( २ साल अघि) ८२९ पाठक संख्या
नारी बाटिका


धादिङ ।
जिल्ला अस्पताल धादिङको ४५ औं वार्षिक उत्सव भव्य समारोहका साथ मनाईएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा धादिङ अस्पतालले आफ्नो ४५ औं वार्षिक उत्सव मनाएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अघिल्लो वर्षदेखि ५० शैयामा संचालन भइरहेको धादिङ अस्पताललाई एक सय शैयाको बनाउने कुरामा आफु प्रयत्नरत रहेको बताउनु भएको थियो । पाण्डेले धादिङ अस्पतालको आकस्मिक कक्षदेखि आईसियु वेडको समेत निरिक्षण गर्नुभएको हो । निरिक्षणको क्रममा अस्पतालका कर्मचारीहरुले पाण्डेलाई भव्य स्वागत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले ५० वेडमा सेवा उपलब्ध गराइरहेको धादिङ अस्पतालले ५० वेडकै आइसोलेशन पनि संचालन गरिरहेकोे बताउनु भयो ।
धादिङ अस्पतालले यो वर्षबाट २ वटा अक्सिजन प्लाण्ट संचालनमा ल्याएको छ । यो बर्षबाट १० बेडको आइसियु, ५ ओटा भेन्टिलेटर पनि संचालनमा आएको छ । पिसिआर ल्याब संचालनको तयारीमा रहेको झाले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसरमा अस्पतालले विधागत रुपमा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले विभिन्न गीतमा नृत्य देखाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस