आज:  | Tue, 16, Apr, 2024

कांग्रेस सभापतिमा भारीमतले शेरबहादुर देउवा विजयी

२९ मंसिर २०७८, बुधबार ०२:५२ मा प्रकाशित ( २ साल अघि) ५२८ पाठक संख्या
नारी बाटिका


काठमाडौं ।
कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी हुनुभएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा २७३३ मत पाएर विजयी हुनुभएको हो । कांग्रेसभित्र उठेको नेतृत्व परिवर्तनको हुटहुटीलाई केवल एक दिवास्वप्न बनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि एकपटक कांग्रेस सभापतिमा निर्वाचित भएका छन्। उनले सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले १८५५ मत पाउनुभएको छ । पहिलो चरणको मतदानमा देउवाले ५० प्रतिशत मत पुर्याउन नसकेपछि कोइरालासँग उनको दोस्रो चरणमा प्रतिष्पर्धा भएको थियो । २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिनु भएको देउवा ७५ वर्ष हुनुभयो । २०२८ सालमै नेविसंघको केन्द्रीय अध्यक्ष बन्नुभएको देउवा त्यसयता ५० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय रहनु भएको छ भने विगत ३० वर्षयता निरन्तर डडेलधुराबाट प्रतिनिधिसभामा विजयी हुँदै आउनु भएको छ । देउवा २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्ष हुनुभएको थियो । उहाँ अहिलेसम्म ५ औं पटक प्रधानमन्त्री बन्नुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस