आज:  | Thu, 25, Apr, 2024

गैसस महासंघ धादिङकाे उपाध्यक्षमा भगवती उप्रेती चयन

२५ मंसिर २०७८, शनिबार १५:५९ मा प्रकाशित ( २ साल अघि) ६१२ पाठक संख्या
नारी बाटिका


धादिङ,२५ मंसिर ।
नारी बाटीका संचालक तथा नारी जागरण केन्द्र धादिङकि कार्यकारी निर्देश भगवती उप्रेती गैर सरकारी सस्था महासंघ धादिङकाे उपाध्यक्षमा सर्व सहमत रुपमा चयन हुनुभएको छ । शुक्रबार सम्पन्न भएको महासंघको साताै अधिबेशनले शालिकराम दुवाडिको अध्यक्षमा १५ सदस्य नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन भएका छन् । सचिबमा शेर बहादुर तामाङ, सहसचिवमा गंगा सुवेदी र काेषाध्यक्षमा चेतनाथ ईटनी चयन हुनुभएको छ । त्यस्तै सदस्यहरु मा गुणराज खतिवडा, राम बहादुर नेपाली, संगीता पान्डे विसुराल, ईन्द्रमान शाक्य, ईश्वरी काेईराला, कबिता यस्माली, राजेन्द्र श्रेष्ठ, बम बहादुर तामाङ, गंगा सिलवाल र अर्जुन अर्याल चयन हुनुभएको हो ।
गैसस महाँसंघ जिल्ला स्थित गैह्र नाफामुलक सामुदायिक उत्थान मा काम गर्ने संस्थाहरुको छाता संघ हो तेसैगरी आउदो पौष २र ३ मा काठमांडू मा हुन गईरहेको केन्द्रीय महाधिवेशन को लागी महाँसंघ लगायत जिल्ला का कृयाशिल संघ संस्था बाट प्रतिनिधिहरु छनौट भई मतदाताको रुपमा भाग लिन जानेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस