आज:  | Fri, 29, Mar, 2024

राप्रपा महाधिवेशन ः रेखा थापाको महामन्त्रीमा उम्मेदवारी

१६ मंसिर २०७८, बिहीबार ०९:२९ मा प्रकाशित ( २ साल अघि) ७२० पाठक संख्या
नारी बाटिका


काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा नायिका रेखा थापाले उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।
थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस