आज:  | Fri, 19, Apr, 2024

धादिङ त्रिपुरासुन्दरीमाईको मेला मंसिर १९ र २० गते लाग्ने

१४ मंसिर २०७८, मंगलवार ०८:१७ मा प्रकाशित ( २ साल अघि) ८१७ पाठक संख्या
नारी बाटिका


धादिङ,१४ मंसिर ।
धादिङको ऐतिहासिक धार्मिक स्थल त्रिपुरासुन्दरीमाईको मेला मंसिर १९ र २० गते लाग्ने भएको छ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने जात्रा हरेक बर्षको मङ्सिर महिनामा भब्य रुपमा लाग्ने गर्दछ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस जात्रालाई न्वागी जात्राको नाममा समेत चिनिन्छ ।
सदरमुकाम धादिङबेसीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौँ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने विश्वास रहि आएको छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ ओटा मन्दिर रहेको छ ।
मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याईन्छ । मेलाको अवसरमा न्यु त्रिपुरासुन्दरी युवा क्लवले साँस्कृतिक कार्यक्रम सँगै फुटबल प्रतियोगिताको आयोजना गरेको छ । उक्त साँकृतीक कार्यक्रममा ईन्देणी टिमको सभागिता हुने आयोजकले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस