आज:  | Fri, 26, Apr, 2024

कांग्रेस धादिङको प्रतिनिधिसभा क्षेत्र नं. २ को मतदान सकियो, नतिजा आउन बाकी

७ मंसिर २०७८, मंगलवार १६:५७ मा प्रकाशित ( २ साल अघि) ६४६ पाठक संख्या
नारी बाटिका


धादिङ,०७ मंसिर ।
नेपाली कांग्रेस धादिङको प्रनिधिसभा क्षेत्र नं. २ र प्रदेशसभा २(क) र २(ख) को मतदानमा १ हजार २ सय ७२ मत खसेको छ । मंगलबार नीलकण्ठ मा.वि मा सम्पन्न भएको मतदानमा कुल १ हजार २ सय ८१ मतदाता रहेकोमा १ हजार २ सय ७२ मत खसेको हो ।
धादिङमा देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा उत्रिएका हुन् । रामनाथ अधिकारीले पौडेल समूहको र भीमप्रसाद ढुंगानाले देउवा समूहको नेतृत्व गरिरहेका छन् ।प्रतिनिधिसभा क्षेत्र नं. २ को सभापतिमा रामनाथ प्यानलबाट राकेश धमला र भीमप्रसाद प्यानलबाट दिपक कोइरालाबीच मतदान भएको छ ।प्रदेशसभा २(क) मा रामनाथ प्यानलबाट होमबहादुर गुरुङ र भीमप्रसाद प्यानलबाट ऋषिकुमार श्रेष्ठबीच मतदान भएको छ भने प्रदेशसभा २(ख) मा रामनाथ प्यानलबाट हरि तामाङ र भीमप्रसाद प्यानलबाट रणबहादुर तामाङबीच मतदान भएको छ ।निर्वाचनको मतगणना आज रातीबाट नै सुरु गरिने नेपाली काङ्ग्रेस धादिङले जानकारी दिएको छ । प्रतिनिधिसभाको मतगणना निलकन्ठ बहुमुखी क्याम्पसमा र दुबै प्रदेशसभाको मतगणना निलकन्ठ माध्यमिक विद्यालयमा हुने बताइएको छ । मतगणनाको नतिजा भने भोलि बिहान सम्म सार्वजनिक गरिने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस