आज: २०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी खड्काको सरुवा

२०७८ मंसिर ५, आईतबार मा प्रकाशित ( ४ साल अघि) ५३०१ पटक पढिएको
नारी बाटिका


धादिङ,०५ मंसिर ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काको सरुवा भएको छ । प्रहरी उपरीक्षक दिलीप घिमिरेद्वारा जारी विज्ञप्तिका अनुसार धादिङका एसपी महेन्द्र खड्काको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा भएको हो ।सरुवा भएका नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरू मध्ये खड्का पनि हुन् ।

मङ्सिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम् प्रशासन विभागले जनाएको छ ।खड्काको सरुवा भएपछि अब धादिङमा एसपी राकेश सिंह आउने भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतबाट सरुवा भएर एसपी सिंह धादिङ आउने भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस