आज:  | Fri, 26, Apr, 2024

युवा नेता शिवराम भण्डारी द्वारा केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी

४ मंसिर २०७८, शनिबार १०:०७ मा प्रकाशित ( २ साल अघि) ९७२ पाठक संख्या
नारी बाटिका


धादिङ, ०४ मंसिर ।
नेपाली कांग्रेस धादिङको १४ औ महाधिवेशन क्षेत्र नं. २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधि (खस आर्य) पदका लागि धादिङका निर्माण व्यवसायी शिवराम भण्डारीले उम्मेदवार घोषणा गर्नुभएको छ । लामो समयदेखि राजनीतिमा अनुभव संगालेका इमानदारी र लगनशील निर्माण व्यवसायी भनेर चिनिने र धादिङको जिल्लाको कांग्रेसको मुल घर रुपमा परिचित भण्डारी घरका छोरा हुन् शिवराम भण्डारी । आफ्नो बुवाआमाले पार्टीका नेताहरु र सिङ्गो पार्टीलाई संरक्षण गरि पार्टी संगठनमा सहयोग गर्नु भएको थियो त्यही बाट पनि आफू प्रभावित भएर पार्टीको निम्ति केही गर्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस धादिङको संरक्षण गर्दै आएको परिवारका छोरा शिवराम भण्डारीले जसरी बाबुबाजेले कांग्रेस अप्ठ्यारो परिस्थितिमा हुदा साथ दिएका थिए आफुले पनि धादिङको कांग्रेसको निम्ति निस्वार्थ रुपमा साथ दिने र आम जनताको निम्ति काम गर्ने भण्डारीले बताउनु भयो । साथै नजिकिदै गरेको आसन्न महाधिवेशनमा आफुलाई भोट दिएर सहयोग गर्न सम्पुर्ण मतदाताहरुलाई अपिल समेत गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस