आज:  | Thu, 18, Apr, 2024

व्यक्तिगत स्वार्थबाट माथि उठेर पार्टी र समाजको हितमा काम गर्न राजनीतिमा लाग्नेछु :-महिला अधिकारकर्मी भगवती उप्रेती

२ मंसिर २०७८, बिहीबार १०:०३ मा प्रकाशित ( २ साल अघि) ११५७ पाठक संख्या
नारी बाटिका


धादिङ,०२ मंसिर ।
लामो समयदेखि महिलाको क्षेत्रमा काम गर्दै आउनुभएकी महिला अधिकारकर्मी भगवती उप्रेतीले नेपाली कांग्रेस धादिङको १४ औं महाधिवेशनको लागि खुल्ला महिला उम्मेद्वारी घोषणा गर्नुभको छ । आफ्नो जिवनकालको २० औं वर्ष विभिन्न संघसंस्थामा महिला तथा बालबालिकाको हक अधिकार र सम्मानको निमित्त काम गरे, अब राजनितिक तहमा बसेर प्रत्यक्ष रुपमा लैङिगक विभेद अन्त्य गर्नुत छदै छ, देश विकासको विकासको लागी सकारात्कम परिवर्तनबाट लैंगिय हिसावले कुनै पनि विभेद नहोस भन्नका खातिर नेपाली समाजलाई रुपान्तरण गर्नको निम्ति पनि नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा धादिङ क्षेत्र नं. २ बाट खुल्ला महिना सिटमा उम्मेद्वारी दिएको अधिकारकर्मी उप्रेती बताउनुहुन्छ ।
पार्टी चलाउनको निम्ति सक्षम व्यक्तित्वको आवश्यकता पर्छ जब पार्टीमा सक्षम व्यक्ति हुन्छन् तब मात्रै देश र नागरिकको विकास गर्न सकिने उहाँको भनाई छ । अहिले देश अप्ठ्यारो परिस्थतीमा चलिरहेको समयमा नेपाली कांग्रेस पार्टीको अधिवेशनको निम्ति उम्मेदवारी दिएका जतिपनि व्यक्तिहरु छेन् उनीहरुले व्यक्तिगत स्वार्थबाट माथि उठि देशको निम्त पार्टी संगठन सुढृढीकरण गर्नका लागी सवै तह र तप्काका नेता कार्यकर्ता लाग्नु पर्ने आवाश्यकता रहेको छ भने यति देशभर भई रहेको १४औं महाधिवेशन लाई मर्यादित र अनुशासित बनाउन नेतृत्व तह संग विषेश अग्रह समेत गर्नु भएको छ । अधिवेशन सफल गर्न आग्रह पनि गर्नुभयो ।
नारी जागरण केन्द्र धादिङको कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनु भएकी उप्रेतीले विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाहरुको निम्ति वकालत पैरवी र कानुनी उपचारको निमित्त आवाश्यक सहयोग पुर्याउदै आईरहनु भएको छ । धादिङ क्षेत्र नम्बर २ बाट खुल्ला महिला केन्द्रीय महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारीएको छु, दशकौं समय समाजसेवामा विताएको हुनाले पार्टी भित्र रहेर काम गर्नको लागि आफ्नो राम्रो अनुभव रहेको बताउनुहुन्छ । त्यसैले सम्पुर्ण मतदाता प्रतिनिधीहरुलाई भोट गरेर जिताउनुहुनको लागि अपिल समेत गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस