आज:  | Fri, 29, Mar, 2024

संचारकर्मीको सम्मानमा १५ विधामा ‘नेपाल मिडिया अवार्ड’ हुने

२ मंसिर २०७८, बिहीबार ०९:५८ मा प्रकाशित ( २ साल अघि) ५४४ पाठक संख्या
नारी बाटिका


  1. काठमाडौं, ०२ मंसिर ।
    नेपालमा पहिलो पटक मिडिया अवार्ड कार्यक्रम हुने भएको छ । संचारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना हुनेभएको हो । ड्रिम हाई नेपाल प्रालिको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा आयोजना हुन लागेको कार्यक्रमको पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरियो ।
    ‘नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्डमा २५ विधा हुने आयोजकले बताएको छ । आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जीसीले भने–‘टेलिभिजन, छापा, मिडिया, एफएम, रेडियो र अनलाइन पत्रकारिता अन्र्तगत संचार माध्यम र संचारकर्मीहरुको पछिल्लो एक बर्षयताको उपस्थिती र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ । साथै, भुगोलतर्फ सात प्रदेशबाट २–२ जना पत्रकारलाई पनि सम्मानिति गरिनेछ । यस्तै, नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ट संचारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’बाट सम्मान प्रदान पनि गरिनेछ ।’
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस