आज:  | Fri, 19, Apr, 2024

नेपाली कांग्रेस धादिङको जिल्ला अधिवेशनको सभापतिमा रामनाथको उम्मेदवारि

१ मंसिर २०७८, बुधबार १५:२२ मा प्रकाशित ( २ साल अघि) ५८७ पाठक संख्या
नारी बाटिका


धादिङ, ०१ मंसिर ।
नेपाली कांग्रेस धादिङको आसन्न १४ औं जिल्ला अधिवेशनको सभापतिमा रामनाथ अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार नेपाली कांग्रेस धादिङले आसन्न अधिवेशनको लागी उम्मेदवारहरु सार्वजनिक गरेको हो । अधिकारी केन्द्रीय नेता रामचन्द्र पौडेल समुहका हुन् ।
अधिवेशनको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ मा कुमारबहादुर सिंखडा र क्षेत्र न. २ मा राकेश धमलाले उम्मेदवारी दिने भएका छन् । त्यस्तै प्रदेशसभा क्षेत्रीय सभापतिमा क्षेत्र न. १ (क) मा राजकुमार कुँवर, १ (ख) मा बिष्णुप्रसाद रुपाखेती उम्मेदवार छन् भने क्षेत्र न. २ (क) मा होमबहादुर गुरुङ र क्षेत्र न. २ (ख) मा हरि तामाङले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।
उम्मेदवार घोषणा कार्यक्रममा नेपाली कांग्रेस धादिङका वर्तमान जिल्ला सभापति रमेश धमला, नेताहरू हरि अधिकारी, वासु तिमल्सिना, विश्व अर्याल, फणिकान्त छत्कुली, भक्त लामा विनोद तिमल्सिना, यमनाथ दनै, नारायण कुमार श्रेष्ठ अम्बिका अधिकारी, कल्पना अधिकारी वर्तमान क्षेत्रीय सभापतिहरू कृष्ण रिजाल, योगबहादुर तामाङ, लगायत विभिन्न गाउँपालिका सभापतिहरू वडा सभापतिहरू सहभागी थिए । त्यसैगरी शेरबहादुर देउवा समुहबाट जिल्ला सभापतिका लागि भिम प्रसाद ढुंगानाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस