आज:  | Fri, 26, Apr, 2024

कार्तिक महिनाको छुट्टै महत्व

३० कार्तिक २०७८, मंगलवार १४:४३ मा प्रकाशित ( २ साल अघि) ७०४ पाठक संख्या
नारी बाटिका


धादिड ३० कातिक २०७८

कार्तिक, आज महिनाको अन्तिम दिन….. हामी २१ औं सताव्दीले नेटो काट्दै गर्दाको अवस्थामा पनि हाम्रो धर्म संस्कृतीले उत्तीकै महत्व बोकी रहेको पाउँछौ । अझै भन्नु पर्दा कातिक महिना त झन विषेश नै छ । किन भने सदियौं देखी हाम्रा पुर्खाहरुले मान्दै आएको विभिन्न चाड पर्व,रिती रिवाज,मठ मन्दिरहरुको पुजा पाठ आदी । अर्थात तिर्थ,वर्त दान धर्म आजा पुजा,होमादी गर्दा विषेश गरी कातिक महिनालाई रोज्ने गरिन्छ । भनिन्छ यस महिनामा विधी साश्र अनुसार आ आफ्नो धर्म संस्कृतीलाई पछ्याउदै, गरेको पुजा आजा ,विभिन्न मठ मन्दिरको दर्शन गर्नाले हामीले अनजानमा गरिएको पाप कर्म,अथवा आफु र परिवार जनमा दसा गरह चलेको भए पनी कटनी हुन्छ रे भन्ने धार्मिक मान्यता चलि आएको छ ।

त्यसैगरी श्रावण महिना देखी कातिक महिना सम्म भगवान विष्णु निन्द्रामा परी पृथिवीमा सुत्नु हुन्छ तथा शयन गर्नु हुन्छ र चार महिना पछी यसै हरीवोधनी एकादशी कै दिन ब्युझनु हुन्छ भन्ने विस्वास चलिआएको छ । त्यसैले असार महिनामा पर्ने हरीसरणी एकादशीमा सारेको तुलसीको विरुवा हरी वोधनी एकादशीको दिन पारेर रंगीचंगी तुलसीको मठ सिंगारी सिमलीको लिंगा साक्षी राखी केराको पातमा वत्ती वालेर विभिन्न प्रकारका फलफुलहरु चढाएर पुजाआजा गरी विवाह गरि दिनु पर्छ भन्ने मान्यता चलिआएको छ । सत्ते युगमा पतिवर्ता वृन्दाले पिपल,कुश,ढुँगा र झार जस्ता चारजात भई रहनु परोस् भनि दिएको श्राप माक्षको लागी भगवान विष्णुले तुलसी,कश,पिपल र शालीग्राममा लिहिन भई रहनु भएको हो भनी विभिन्न हिंन्दु धर्म ग्रन्थहरुमा लेखिएको पाईन्छ । हुन पनि जुन जुन धर्म मानिन्छ त्यहाँ निर आस्था र विस्वासमा मानिसलाई शक्ति प्रदान गरी, मनलाई आनन्दीत तुल्याई , जतिसुकै मुर्खतापन भएको मानिस किन सवैलाई एकवद्ध पारी सान्त र सत्कर्म तिर डोहोर्याउने गर्दछ । त्यसैल उखान सुनिन्छ ”राजनितीले फुटाँछ, धर्मले जुटाउँछ रे.”………।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस