आज:  | Fri, 26, Apr, 2024

जिल्ला अदालतले न्याय सम्पादनको काम गर्दै आएको छ ः न्यायाधीश रमेश प्रसाद ज्ञवाली

२७ कार्तिक २०७८, शनिबार ०८:४३ मा प्रकाशित ( २ साल अघि) ८३८ पाठक संख्या
नारी बाटिका


धादिङ,कार्तिक २७ ।
आम नागरिकको समस्यालाई मध्यनजर गर्दै अदालतले न्याय सम्पादनको काम गर्दै आएको जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीले बताएका छन् । धादिङ जिल्ला अदालतको आयोजना तथा नारी जागरण केन्द्रको सहजीकरणमा न्यायिक बाह्य पहुँच विषयक सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा आर्थिक वर्ष २०७७÷०७८ मा जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकृतीका मुद्दाको तथ्याङ सहित प्रस्तुत गरेका थिए । अदालत बाट प्रत्येक वर्षमा ४ पटक सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने योजना रहेको बताए ।


त्यस्तै जिल्ला न्याधिवक्ता खेम प्रसाद पाठकले फौजदारी, देवानी कानुन र सरकारी वकिलबाट पिडितले पाउन सक्ने सेवाको बारेमा सहभागिहरुलाई जानकारी गराए । कार्यक्रममा नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले हरेक क्षेत्रमा रहेका लैंगिक हिंसा प्रभावित जो आर्थिक कमजोरीका कारण कानुनी उपचारमा जान सकिरहेका छैनन् त्यस्ता व्यक्तिहरुको लागी न्याय पालिकाले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गरेकी थिईन । पछिल्लो समयमा राज्यको माथिल्लो तहमा रहेको न्यायपालिका प्रति नै नागरिकमा विश्वास घट्दै गएको पाईएको उप्रेतीले बताईन ।

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस