आज:  | Fri, 26, Apr, 2024

न्यायिक बाह्य पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२७ कार्तिक २०७८, शनिबार ०६:४५ मा प्रकाशित ( २ साल अघि) १०३३ पाठक संख्या
नारी बाटिका


धादिङ, २६ कातिक

२०७८ कार्तिक २६ का दिन धादिग जिल्लाा अदालतको आयोजना र नारी जागरण केन्द्रको सहजीकरणमा न्यायिक वाह्य पहुँच विषयक १ दिने सचेतनामुलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकोछ । आर्थिक वर्ष २०७७।०७८ मा जिल्ला अदालतमा दर्ता भएका विभिन्न प्रकृतीका मुद्दाको तथ्यागक सहित माननिय जिल्ला न्यायधिश श्री रमेश प्रशाद ज्ञवाली ज्युबाट प्रस्तुतीकरण को साथमा जानकारी गराउनु भएको थियो । त्यसै गरी जिल्ला न्यायधिवत्ता श्री खेम प्रशाद पाठकज्यु बाट फौजदारी,देवानी कानुन् र सरकारी वकिलबाट पिडितले पाउन सकिने सेवाको बारेमा प्रस्तुतीकरणको साथ जानकारी दिनु भएको थियो । त्यसैगरी जिल्ला बारका अध्यक्ष कृष्ण राज अधिकारी,वारका पुर्व अध्यक्ष विष्णु कुमार श्रेष्ठ, सचिव कुलमान विश्वकर्मा,अदालतका वैदानिक वकिल गोविन्द राज श्रेष्ठ,नारी जागरणका कार्यकारी निर्देशक भगवती उप्रेती बाट सवैले नेपालको कानुन्को पालना गर्दै, अन्यायमा परेका विशेष गरी लैंगिक हिंसा प्रभावित जो आर्थिक कमजोरीका कारण कानुनी उपचारमा जान सकिरहेका छैनन् त्यस्ता व्यक्तिहरुको लागी न्याय पालिकाले विषेश ध्यान दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । पछिल्लो चरणमा राज्यको सर्वोच्चो स्थानमा रहेको न्यायिक पालिका प्रति नै नागरिकमा विश्वास घट्दै गईरहेको होकी भन्ने आभाष भैईरहेको अवस्थामा जन मासमा न्यायिकमा पहुँच पुर्याउने मुख्य उद्देस्यले केही समयदेखी न्याय पालिकाबाट समुदाय स्तरमा कार्यक्रमको आयोजना गर्ने गरिएकोछ । अदालत बाट वर्षमा कम्तिमा पनि ४ पटक यस्ता सचेतनामुलक कार्यक्रम गरिने योजना रहेको कार्यक्रमका अध्यक्ष एवं् माननीय जिल्ला न्यायधिश रमेश प्रशाद ज्ञवालीज्युले नारी वाटिका खवर अनलाई जानकारी गराउनु भयो । साथै जुन समुदायमा अदालत भनेको के हो र यस कार्यलयबाट नागरिकले कस्ता सेवा लिन र पाउन सक्तछन् भन्ने बारेमा जानकारी नै छैन तेस्ता समुदायमा कानुन् र न्याय पालिकाले प्रदान गर्ने सेवाको बारेमा सर्वसाधरणमा सचेतना जगाई अन्याय र अप्ठेरामा परेका विपन्न वर्गलाई वैदानिक वकिलबाट कानुनी उपचारमा आउदा निसुल्क रुपमा आवाश्यक कागजातहरु लेखी तयार गरी दिने नेपाल सरकारको लक्ष भएकोले पनि उक्त वैतानिक कानुन् व्यवशायी तथा अदालतका आधिकारिक तोकिएको वकिलबाट निस्वार्थ रुपमा सर्वसाधारणलाई सेवा दिन र आवाज विहिनका गुनासाहरु लाई संवोधन गरी सेवा दिन सके यसबाट पिडितलाई विषेश सहयोग पुग्ने देखिन्छ । कार्यक्रम जिल्ला अदालतका श्रेस्तेदार खुम व।भण्डारीले संन्चालन गर्नु भएको थियो । नारी जागरण केन्द्र र नारी विकास सहकारीको सयुक्त पहलमा विभिन्न सहयोगी मनका धनी व्यक्तिहरुको चन्दा संकलन बाट निर्माण गरिएको नारी सुरक्षा आवास ९भवन० को हलमा कार्यक्रम गरिएको हो भने नारी जागरण केन्द्र र नारी विकास सहकारीले कार्यक्रमको व्यवस्थापन गरिएको हो ।
त्यसै गरी नेपाली समाजमा दिनहुँ घटिरहने लैंगिक हिंसा न्युनिकरण गर्नमा संस्थाले २५ वर्ष देखी सचेतना मुलक काम गर्दै आईरहेको छ भने नारी जागरण केन्द्र धादिग जिल्लामा पुरानो र स्थापित महिलाद्धारा संन्चालित संस्थाको रुपमा परिचित भई लैंगिक हिंसाको क्षेत्रमा मात्रै नभई समुदाय विकासको क्षेत्रमा उल्लेखनिय रुपमा काम गर्ने संस्थाको रुपमा परिचित छ । कार्यक्रममा
विभिन्न टिमी टेलिभिजन,रेडियो,तथा खवरका पत्राकारहरुको उपस्थिती रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस