आज:  | Fri, 19, Apr, 2024

आज बडादसैँको अन्तिम दिन, टीका र जमरा लगाउने क्रम जारी

२ कार्तिक २०७८, मंगलवार १२:५१ मा प्रकाशित ( २ साल अघि) ७४७ पाठक संख्या
नारी बाटिका


धादिग २ कार्तिक मंगलवार २०७८

हिन्दू धर्म अनुसार नवदुर्गा भवानीको प्रसादस्वरुप आफु भन्दा ठुला अभिभावक एवं् मान्यजनबाट निधार भरी रातो टीका र प्रशादको रुपमा मानिने समृद्धिको प्रतीक विजय दशमीका दिनमा टिकाको शुभ साईत गरी कानैभरी जमरा लगाउने प्रचलन रहेको छ भने उक्त टिका जमरा लगाउने कार्य कोजाग्रत पूर्णिमाका दिन सम्म लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । तर केही ज्वतिषहरुले आजै कोजाग्रत पुर्णिमा हो भनेता पनि केही ज्वतिषीहरुले भोली कार्तिक ३ गतेलाई पनि पुणर््िमाको केही घढी रहने बताएका छन् ।
आश्विन शुक्ल दशमीअर्थात् विजयादशमी देखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमाअर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै ९ बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आज सम्म नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज बेलुकी बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनु भएको छ ।कोजाग्रत पूर्णिमाका अवसरमा आज रातभर जाग्राम बसी धन धान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीको महान् पर्व बडादसैँ समाप्त हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस