आज:  | Thu, 28, Oct, 2021

निलकण्ठ नगरपालिकाद्धारा आगमी फागुन २४ (आगमी मार्च ८) मा अन्र्तराष्ष्ट्रिय नारी दिवशको अवशरमा कार्यक्रम गरिने

१७ फाल्गुन २०७७, सोमबार १५:१० मा प्रकाशित ( ८ महिना अघि) ५०४ पाठक संख्या
नारी बाटिका

धादिङ,फागुण १७ शोवार ।
निलकण्ठ नगरपालिकाको आयोजनामा हरेक वर्ष मार्च ८ मा मनाइृने अन्र्तराट्रिय श्रामिक महिला अर्थात नारी दिवशको अवशरमा जनचेतनामुलक कार्यक्रम गरी भव्य र सव्यका साथ मनाउनको लागी जिल्लामा क्रियाशिल महिलाद्धारा संन्चालित संघ संस्थाहरुलाई सहभागी गराई समन्वय वैठक सम्पन्न गरेको छ । निलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारीको अध्यक्षतामा संन्चालित उक्त वैठकमा प्रमुख प्रशासकिय अधिकृत तुलसीराम पौडेलको आतिथ्यता रहेको थियो । आगमी फागुन २४ (मार्च ८ )मा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा मनाईने महिला श्रमिक दिवशलाई सफल बनाउनको लागी नगरपालिकाको संयोयजक्त्वमा अन्र्तरकृया तथा विभिध कार्यक्रम गर्ने भएको छ । त्यसैगरी निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आईरहेको नारी जागरण केन्द्र धादिङले आफ्नो स्थापना कालको २२ औं स्थापना तथा यसै नारी दिवशकै अवशरमा विरहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्तदान नै जिवन दान हो भन्ने उद्देस्यका साथ गर्न लागिएको उक्त कार्यमा निलकण्ठ एफ् एम्,रेडियो विहानी लगायतका रेडियो एफ् एम् हरु मिडिया पाट्नरको रुपमा रहेका छन् भने उक्त कार्यक्रम रक्त संन्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस