आज: | Thu, 04, Mar, 2021
४ सय ९५ संक्रमित डिस्चार्ज
धादिङ,२२ पुस ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।
मंगलबार ५ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। सङ्क्रमित मध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ४ सय ९५ जना डिस्चार्ज भएसँगै दुई लाख ५६ हजार १ सय ६१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेहरूको कुल संख्या १८ सय ९९ पुगेको छ । देशभर ५ हजार १ सय ३३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ६जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १९ लाख ६४ हजार १ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस