आज:  | Thu, 18, Apr, 2024

नेकपा धादिङको चौथो पूर्ण बैठक धादिङवेशीमा सम्पन्न

१८ पुष २०७७, शनिबार १४:०७ मा प्रकाशित ( ३ साल अघि) ८८६ पाठक संख्या
नारी बाटिका


धादिङ पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पूर्ण बैठक आज सम्पन्न भएको छ । नेकपाका केन्द्रीय नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धादिङको चौथो पुर्ण बैठक तथा कार्यकर्ता भेला जिल्ला इन्चार्ज शालिकराम जम्कट्टेलको अध्यक्षतामा सम्पन्न भएको छ । शनिवार सम्पन्न भेलाले प्रधानमन्त्री केपी ओलिले चलेका राष्ट्रघाति कदमले देश र जनतालाई ठुलो क्षति पुगेकोनिष्कर्ष निकाल्दै खेद व्यक्त गर्ने निर्णय गरेको छ । यस्तो छ निर्णय हरु :


१ के.पि. ओलिको असम्बैधानिक कदम (प्रतिनिधि सभा बिघटन) को निन्दा र खेद ब्यक्त ।
२ १३ ओटै पालिका कमिटी बैठक ,वडा कमिटी बैठक र संघर्षमा जनपरिचालन गर्ने ।
३ सबै जनवर्गिय संगठनहरुको भेला/बैठक सम्पन्न गर्ने
४ के.पि. ओलिको असम्बैधानिक कदमका बिरुद्ध पौष १४ गते काठमान्डौं जाऔं अभियानमा जनपरिचालन गर्ने ।
५ पार्टी केन्द्रले निर्देशित गरेका संघर्ष र कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने । स्थानिय तहका वडा सम्म विरोध तथा संघर्ष का कार्यक्रम संचालन गर्ने निर्णय भएको नेकपा धादिङका सचिव विजय बुर्लाकोटीले बताउनु भयो । भेलामा ओलि निकट सदस्यहरुको उपस्थिति थिएन भने आजको भेलामा नेताहरु गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, गुरुप्रसाद बुर्लाकोटी, रामबहादुर भण्डारी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस