आज:  | Sat, 23, Nov, 2024

धादिङ अस्पतालमा डायलाईसिस सेवा शुरु

२२ श्रावण २०७९, आईतवार ०७:२४ मा प्रकाशित ( २ साल अघि) ३२२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङ अस्पतालले डायलाईसिस सेवा शुरु गरेको छ । बाग्मती प्रदेश सरकारको सहयोगमा अस्पतालले शनिवार एक कार्यक्रमको आयोजना गरी हेमोडायलाइसिस सेवा शुरु गरेको हो ।

उक्त बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डायलाइसिस सेवाको उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अस्पतालमा डायलाइसिस सेवा शुरु गर्न जति जटिल रहेता पनि उत्तिकै सेवालाई गुणस्तर दिनु महत्वपूर्ण रहेको बताउनुभएको छ ।

साथै शुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व रहेको बताउदै धादिङको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा बाग्मती प्रदेश हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो । अब डायलाइसिस गराउनकै लागि काठमाडौ लगायत अन्य ठूला शहर धाउनु पर्ने बाध्यता विरामी र उनका आफन्तले मुक्ती पाउने भएका छन् ।

सेवा शुरु गर्न जस्तै सेवा राम्रो र निरन्तरता दिन खटिनुपर्ने बताउदै चिकित्सकलाई तालिम दिएर सक्षम बनाउनुपर्ने बताउनुभयो । शुरु गरिएको सेवा प्रभावकारी बनाउनु हामी सबैको दायित्व रहेको पनि उहाँको भनाई छ ।

धादिङ अस्पतालमा अहिले ५० वेड क्षमता छ । आउदो वर्ष एक सय वेड क्षमताको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्यसहित अस्पताल अघि बढ्नु पर्छ । धादिङको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा बाग्मती प्रदेश हातेमालो गर्न तयार रहेको उहाँले बताउनुभयो ।

यसैगरी बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले अब धादिङका विरामीले डायलाइसिस गराउन बाहिर धाउनु नपर्ने बताउनुभएको छ । बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनुभयो । ४ वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने अध्यक्ष धमलाको भनाई छ ।

धादिङ अस्पतालमा थालिएको हेमोडायलाईसिस हो । अनमी अस्मिता भुसालका अनुसार आकस्मिक सबै विरामीलाई डायलाइसिस गर्न सकिन्न र मधुमेह, उच्च रक्तचाप, फोक्सोको समस्या लगायतका रोगका कारण मृगौलामा समस्या देखिएका विरामीलाई धादिङ अस्पतालमा डायलाइसिस सेवा दिन सकिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस