आज:  | Sat, 23, Nov, 2024

बेलकोटगढी केन्द्र बनाएर भुकम्प

२१ श्रावण २०७९, शनिबार ०८:५८ मा प्रकाशित ( २ साल अघि) १८९ पाठक संख्या
नारी बाटिका


धादिङ – आज बिहान ५ बजेर २६ मिनेट जाँदा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बेलकोटगढी केन्द्रबिन्दु भएर बिहान ५.३ म्याग्निच्युडकोभूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुश भएको थियो । यस्तै नुवाकोटसहित धादिङ, रसुवा, गोरखा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा पनि धक्का महसुश भएको छ ।
भुकम्पबाट भएको क्षतीको विवरण आईनसकेको नुवाकोट प्रहरीले सीआईएनलाई जानकारी दिएको छ । यसअघि गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस