आज:  | Sat, 23, Nov, 2024

जनार्दन शर्मालाई नै पुनःअर्थ मन्त्री बनाउने तयारी

१४ श्रावण २०७९, शनिबार ०९:३५ मा प्रकाशित ( २ साल अघि) २२४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको संसदिय छानबिन समितिको निष्कर्षपछि पुनः जनार्दन शर्मालाई नै अर्थमन्त्रीका रुपमा पठाउने तयारी सुरू भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले शर्मालाई अर्थमन्त्रालय नपठाउने कुनै कारण नभएको बताउनुभयो । पार्टीमा शर्माको विकल्पबारे कुनै छलफल नभएको भन्दै उहाँलेशर्मामाथिको आरोप पुष्टि नभएकाले त्यसबारेमा छलफल हुने बताउनुभयो ।

भोलि पार्टीको स्थायी समिति बैठक बोलाईएकाले बैठकले नै त्यसबारे निर्णय गर्ने नेताहरूले बताएका छन् । तर,प्रमुख सचेतक देव गुरुङले भने शर्मालाई पार्टीले फिर्ता बोलाएको् नभएर उहाँले छानबिनका लागि राजिनामा दिनुभएकाले निर्दोश साबित भएपछि उहाँ नै मन्त्रालय फर्कने विषयमा दुईमत नभएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस