आज:  | Thu, 28, Mar, 2024

२०६८ को तुलनामा धादिङको जनसंख्या घट्यो

१४ माघ २०७८, शुक्रबार ०९:५४ मा प्रकाशित ( २ साल अघि) ३२६ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङको जनसंख्या २०६८ को तुलनामा घटेको छ । केन्द्रिय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको २०७८ को प्रारम्भिक नतिजा अनुसार ३ लाख २२ हजार ७ सय ५१ रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नजिता अनुसार २०६८ को तुलनामा शुन्य दशमलव ३९ प्रतिशत अर्थात १३ हजार ३ सय १६ ले धादिङको जनसंख्या घटेको हो ।
२०६८ को जनगणनामा धादिङको जनसंख्या ३ लाख ३६ हजार २२ रहेको थियो । प्रारम्भीक नतिजा अनुसार धादिङमा महिला १ लाख ६५ हजार ५ सय ४४ र पुरुष १ लाख ५७ हजार २ सय ७ रहेका छन् । पुरुष भन्दा महिला ८ हजार ३ सय ३७ बढि हो । नतिजा अनुसार सवैभन्दा धेरै जनसंख्या नीलकण्ठ नगरपालिकामा ५८ हजार १ सय ५१ रहेको छ भने सवैभन्दा कम जनसंख्या रुवीभ्याली गाउँपालिकामा १० हजार ४ सय ७२ रहेको छ ।

त्यस्तै धादिङमा कुल ७८ हजार ६ सय ६३ घरधुरीमा ८४ हजार ४ सय ६३ परिवार संख्या बसोबास गरिरहेका छन् । सवैभन्दा धेरै घरपरिवार नीलकण्ठ नगरपालिका र सवैभन्दा कम घरपरिवार खनियावास गाउँपालिका रहेको छ ।
त्यस्तै कुल १८ हजार ४ सय ६७ जना धादिङ भन्दा बाहिर बसोबास गर्ने गरेको तथ्याङ्क रहेको छ । जसमध्ये १५ हजार २ सय ५८ जना पुरुष र ३ हजार २ सय ९ जना महिला रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस