आज:  | Thu, 25, Apr, 2024

नेपालमा आज थप १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि

११ माघ २०७८, मंगलवार १८:१२ मा प्रकाशित ( २ साल अघि) ४२९ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नौ जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ । २४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नौ सय ३४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस