आज:  | Fri, 29, Mar, 2024

बुढीगण्डकी प्रभावितको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने

९ माघ २०७८, आईतवार १८:१० मा प्रकाशित ( २ साल अघि) २३० पाठक संख्या
नारी बाटिका


धादिङ ।
बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रमा पर्ने भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नहुने भएको छ । गत पुस ३० गते बसेको मन्त्रीपरिषदको बैठकले आयोजना डुबान क्षेत्रमा पर्ने घरगोठ लगायतका अन्य संरचनाको ह्रासकट्टी नगरी मुआब्जा वितरण गर्ने निर्णय गरेको हो ।
आयोजना प्रभावितहरुले भौतिक संरचनाको मुआब्जा वितरणमा ह्रासकट्टी नगर्न माग राख्दै आएका थिए । विभिन्न समयमा आन्दोलन पनि भएको थियो । ह्रासकट्टी बारे केन्द्रको प्रष्ट धारणा नआउँदा मुआब्जा निर्धारण हुन सकेको थिएन । मन्त्रीपरिषद्कोे उक्त निर्णयसँगै घरगोठ लगायतका संरचनाको मुआब्जा निर्धारण गर्ने बाटो खुलेको छ । यथाशिघ्र बैठक बसेर मुआब्जा निर्धारणको प्रक्रिया अघि बढाउने मुआब्जा निर्धारण समिति संयोजक एवं गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताउनुभयो ।
डुबानमा पर्ने घरगोठ लगायतका अन्य संरचना, फलफुल तथा वोटविरुवाको लगत संकलनको काम सम्पन्न भइसकेको आयोजना अन्तरगतको वातावरण मुआब्जा वितरण पुर्नवास तथा पुनर्स्थापना इकाइले जनाएको छ । संकिलत तथ्याङ्क अनुसार डुबानमा पर्ने घरगोठ लगायतका संरचनाको संख्या २४ हजार ५ सय ५५ रहेको छ ।
डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरणको काम भने अन्तिम चरणमा पुगेको इकाइ प्रमुख कार्कीले बताउनुभयो । हालसम्म ४८ हजार ९ सय ४९ रोपनी जग्गाका लागी ३४ अर्व ६ करोड ४९ लाख मुआब्जा रकम वितरण भइसकेको उहाँले जानकारी दिनुभयो । गोरखा धादिङको गरी कुल ५८ हजार रोपनी जग्गा डुबानमा पर्ने बताइएको छ । गोरखातर्फमात्रै ३० हजार रोपनी जग्गा डुबानमा पर्ने आयोजनाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस