आज:  | Sat, 20, Apr, 2024

नेपालमा आज एकैदिनमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

४ माघ २०७८, मंगलवार १७:०० मा प्रकाशित ( २ साल अघि) ४४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो ।

१७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस