आज:  | Tue, 23, Apr, 2024

धादिङमा सोमबार देखि कोभिशिल्डको बुष्टर डोज लगाउन सुरु

४ माघ २०७८, मंगलवार ०९:४७ मा प्रकाशित ( २ साल अघि) ६२२ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङमा सोमबार देखि कोभिशिल्डको बुष्टर डोज लगाउन सुरु गरिएको छ ।

 

नेपाल सरकारको निर्णय बमोजम कोभिड व्यवस्थापनको अनुगमनमा खटिने व्यक्ति तथा सार्वजनिक क्षेत्रमा कार्यरत व्यक्तिहरु जसले २०७७ माघ १४ गतेदेखि चैत्र मसान्तसम्म पहिलो मात्रा खोप लिएका र २०७८ साल साउन महिना अगाडी दोस्रो मात्रा लिएका सबै नाागरिकहरुलाई आजदेखि कोभिशिल्डको बुष्टर डोज लगाउन सुरु गरिएको हो ।

धादिङमा ५२ वटा खोप केन्द्रबाट ३२ सय जनालाई कोरोना विरुद्धको बुष्टर डोज दिन लागेको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस