आज:  | Thu, 28, Mar, 2024

रुबिभ्यालिको पहिरोमा पुरिएकाहरुको खोजी कार्य जारी

३० पुष २०७८, शुक्रबार १०:४७ मा प्रकाशित ( २ साल अघि) ५७९ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको रुबिभ्याली गाउँपालिका-१, पुरुको पहिरोमा पुरिएकाहरुको खोजी कार्य जारी रहेको छ । पुरुदेखि लिङ्जो पुग्ने सडकको नयाँ ट्र्याक खन्ने क्रममा बिहिवार बिहान डोजरसहित पहिरोमा ३ जना पुरिएका थिए ।पुरिएर बेपत्ता भएकाहरुको बिहिवार दिउसोदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी जारी राखेका छन् ।
तर सुख्खा पहिलो झनै थपिदै गएको हुनाले अझै भेट्न सकिएको छैन । हिजो साँझसम्म खोज्दा नभेटिएपछि आज बिहानबाट पुनः खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस