आज:  | Thu, 28, Mar, 2024

माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

२६ पुष २०७८, सोमबार १३:०८ मा प्रकाशित ( २ साल अघि) ४८७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – माघ १५ गतेसम्म देशभरका सबै विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए । बिदाको मोडालिटीबारेमा भने केही बेरमा सूचना निकाल्ने शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस