आज:  | Wed, 24, Apr, 2024

एमाले धादिङको अध्यक्षमा भुमी त्रिपाठी सर्वसम्मत चयन

२४ पुष २०७८, शनिबार १७:३९ मा प्रकाशित ( २ साल अघि) ७४३ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नेकपा एमाले धादिङको अध्यक्षमा भुमी त्रिपार्ठी सर्वसम्मत चयन हुनुभएको छ । धादिङबेसीमा जारी एमाले धादिङको ८औँ जिल्ला अधिेशनबाट त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । शनिबार मतदानका लागि भएको मनोनयनमा अध्यक्ष पदका लागि त्रिपाठीको मात्रै उम्मेदवारी परेको हो । संघीय सांसद समेत रहेका त्रिपाठी निवर्तमान अध्यक्ष पनि हुनुभएको छ ।
उपाध्यक्षमा धनबहादुर घले, उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको छ ।

अध्यक्षमा सर्वसम्मत भएर उपाध्यक्ष ३ र सचिवमा २ जनाको उम्मेदवारी परेको भएपनि अन्य पदमा उम्मेदवारी दिनेको संख्या ठूलो छ । उपसचिवमा मात्रै ११ जनाको उम्मेदवारी परेको निवर्तमान जिल्ला कमिटि सदस्य भरत ढुंगानाले जानबारी दिए । सदस्यहरुमा पनि अनियन्त्रित रुपमा उम्मेदवारी परेको छ ।अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर बन्ने १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस