आज:  | Fri, 29, Mar, 2024

धादिङवेशींमा विद्यार्थी समुहबिच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते

२३ पुष २०७८, शुक्रबार १९:४५ मा प्रकाशित ( २ साल अघि) ७७७ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङ्बेशि स्थित नीलकण्ठ क्याम्पस चोकमा दुई विद्यार्थी समुह विच खुकुरी हानाहान हुँदा एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा निलकण्ठ माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत प्रविन श्रेष्ठ रहेका छन् । बाल मन्दिर मा. वि को कक्षा ८ मा अध्ययनरत मनोज तामाङ लगायतको समूहले खुकुरी प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक राकेश सिंहले जानकारी दिनुभयो । घाईते श्रेष्ठलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि काठमाण्डौं रिफर गरिएको छ । प्रहरीले मनोज तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस