आज:  | Wed, 24, Apr, 2024

नारी विकास सहकारी संस्था र नारी जागरण केन्द्र धादिङको एकदिने तालिम सम्पन्न

१७ पुष २०७८, शनिबार १६:४७ मा प्रकाशित ( २ साल अघि) ५४३ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नारी विकास सहकारी संस्था र नारी जागरण केन्द्रको संयुक्त आयोजनामा सहकारीको ऋण लगानीमा जोखिम,अशुलीमा चुनौती र व्यवस्थापनमा कठिनाईको विषयमा तालिम दिएको हो । उक्त तालिममा नेपालमा पछिल्लो समयमा बैंक,वित्तीय संस्था रसहकारीहरुमा विशेष गरी कारोबार बढी हुने गरेको छ यदाकदा केही यस्ता आर्थिक कारोबार हुने संस्थाहरुमा व्यवस्थापक कर्मचारी तथा संन्चालक ईमानदारी र सदस्यहरु प्रति जवाफदेशी नबन्नाले अधिकांश सस्थाहरुलाई नकारात्मक नजरले हेर्ने गरेको नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले बताउनु भयो ।


देशमा संघीय व्यवस्था लागु भएपछी सहकारी क्षेत्रलाई अनुगमन,मुल्यांकन, सुपरिभिजन नियन्त्रण गर्ने कार्यालय खÞारिज भई स्थानीय तहलाई जिम्मेवारी दिनाले देशका विभिन्न क्षेत्र मा मौलाउदै गएको भ्रष्टाचार को रंग केही व्यक्तिहरुमा पनि भएको हुनाले यस्तो अवस्था आएको उहाँको भनाई छ । स्थानीय तहहरु विषेश गरी भौतिक विकास मा योजना बाँडबाँड गर्न ट,दलिय भागवण्डा र आफ्ना कार्यकर्ता परिचालन मा मात्रै सिमित रहने, अन्य क्षेत्र मा ध्यान नखोज्नु र वडा तथा पालिकाहरुमा सम्वन्धित क्षेत्रमा काम गर्ने विज्ञको समेत अभाव रहेकोले वित्तीय संस्था तथा सहकारी को मुल्य मान्यता विपरीत कार्यगरि विकृति फैल्याउने जस्ता काम भएको छ÷ छैन भन्ने पहिचान गर्न अनुगमन,निरीक्षण र नियम अनुसार पारदर्शी रुपम चलेकाहरुको उचित मुल्यांकलन नगर्नाले केही संस्थाहरुमा विकृति आएको कुरा वेला वखतमा सार्वजनिक हुने गरेको छ ।


राज्य को आँखा पुग्न नसकेको प्रभावित क्षेत्रका समुदायमा समेत संघ संस्था तथा नागरिक समाज ले सहयोग र सेवा दिई रहेको पाईन्छ । तेसैगरी नितिगत संस्था व्यवस्थित गरी सदस्यमुखी हुन र जिम्मेवारी व्यक्तिहरुमा ईमानदारी पुर्वक काम गरी सेवा पुर्याउनका लागि थप उत्प्रेरित गरी दिगोपनाको रुपमा काम गर्ने चुनौती, बाधा र विविधतालाई छिचोल्दै अघि वढ्न हौसल्ला दिने उदेस्यका साथ शुक्रबार नारी जागरण केन्द्रको हलमा सहकारीका संन्चालक, ऋण समिति, शिक्षा समिति, लेखा उप समिति र कर्मचारीहरुको सहभागिता मा नारी जागरण केन्द्रकी कार्यकारी निर्देशक एवं सहकारी का अध्यक्ष भगवती उप्रेतीले सहजीकरण गर्नुभएको थियो ।


पछिल्लो समय देशभरका बैंक,वित्तीय संस्था र सहकारीहरु द्वारा लगानी गरिएको कर्जा अशुली मा निक्कै जोखिम रहेको छ एकजना व्यक्ति धेरै सहकारी तथा वित्तीय संस्था हरुमा बस्ने , धेरै ठाँउ बाट विना उदेस्य ऋण लिने,लिएको कÞर्जÞा सही ठाउँमा प्रयोग नगरी फजुल खर्चमा वृद्धि, तेसैगरी यस्ता कारोबार गर्दा परिवार मा स–सल्लाह र जानकारी समेत नहुनाले लगानी गर्ने बैंक वित्तीय संस्था तथा सहकारी हरुको लगानीमा जोखिम र अशुलीमा चुनौती पुर्ण बन्दै गएको छ र धादिड मा पनि ऋण लगानीमा जोखिम,अशुलीमा चुनौती र व्यवस्थापनमा कठिनाई देखिएको हुंदा यस विषयमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो । उक्त तालिममा सहभागिहरुले तालिमबाट मार्फत् सहकारी संस्था संचालन गर्न निकै कठिनाई हुने हुनाले बेलैमा सबै विषयमा ध्यान पुर्याएर मात्रै संचालन गर्नुपर्ने सिक्ने अवसर पाएकोमा खुशि व्यक्त गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस