आज:  | Sat, 20, Apr, 2024

भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिकोत्सबको अवसरमा २९ जनाले गरे रक्तदान

१२ पुष २०७८, सोमबार १६:१७ मा प्रकाशित ( २ साल अघि) ६९१ पाठक संख्या
नारी बाटिका


धादिङ ।
भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिकोत्सबको अवसरमा २९ जनाले रक्तदान गरेका छन् । सोमबार जिल्ला अस्पताल धादिङको परिसरमा सम्पन्न भएको रक्तदानमा ११ जना महिला र १८ पुरुष गरि जम्मा २९ जनाले रक्तदान गरेका हुन् । भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । साथै नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङले बढ्दो रगतको अभावलाई न्यूनीकरण गर्ने उदेश्यले विभिन्न स्थानमा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस