आज:  | Thu, 28, Mar, 2024

कम्पुरको साना किसान कृषि सहकारी संस्थाले १ करोड़ भन्दा बढि नाफा कमाउन सफल

१० पुष २०७८, शनिबार १९:४४ मा प्रकाशित ( २ साल अघि) ६२१ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कम्पुरको साना किसान कृषि सहकारी संस्थाले आफ्नो २२ औँ वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सहकारीले १ करोड़ १८ लाख ५ हजार नाफा कमाउन सफल भएको छ । सहकारीमा २ करोड ६० लाख शेयर र १८ करोड रुपैँया निक्षेप रकम रहेको छ । संस्थाका अध्यक्ष खिलनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतित्थ्य रहेको थियो । हालसम्म सहकारीमा १ हजार ९ सय ७ शेयर सदस्यहरु रहेका छन् ।संस्थाका प्रबन्धक विष्णु प्रसाद थपालियाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस