आज:  | Tue, 23, Apr, 2024

फोनिज धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन

१० पुष २०७८, शनिबार १९:२५ मा प्रकाशित ( २ साल अघि) ७९० पाठक संख्या
नारी बाटिका


धादिङ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन हुनुभएको छ । शनिबार धादिङबेशीमा सम्पन्न चौंथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । श्रेष्ठ धादिङ अपडेट डटकम, रेडियो धादिङ र नयाँ पत्रिका दैनिकका धादिङ संवाददाता हुनुहुन्छ ।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा रेख बहादुर गुरुङ, कोषाध्यक्षमा राजकुमार शाक्य, सह–सचिवमा सुस्मिता श्रेष्ठ चयन भएका छन् । त्यस्तै, सदस्यहरु, राजाराम डंगोल, बिनोद तमु, कल्पना श्रेष्ठ, सनिता चेपाङ, पवित्रा थापा मगर र विरमान तामाङ चयन भएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस