आज:  | Fri, 29, Mar, 2024

कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज पद हस्तान्तरण

९ पुष २०७८, शुक्रबार १८:०३ मा प्रकाशित ( २ साल अघि) ६६१ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नेपाली कांग्रेस, धादिङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । आज नेपाली कांग्रेस धादिङको पार्टी कार्यलयमा एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई कार्यभार जिम्मा लगाएको हो । कांग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका नेता तथा निलकण्ठ नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गानाले अहिले जितेका हरेक सदस्यले अब आउने विपक्षसँगको निर्वाचनमा जितेर आउनुपर्ने बताउनु भएको थियो । नेपाली काग्रेसको १४ औ अधिवेशनमा विजयी सदस्यहरूलाई शुभकामना दिनुहुँदै अब धादिङ जिल्लाको सभापति पदमा आफुले उम्मेदवारी नदिने घोषणा गर्नुभयो ।
त्यस्तै १४ औ अधिवेशनमा निर्वाचित भएका सदस्यलाई शुभकामना दिनुहुँदै पुर्व सभापति रमेश धमलाले एउटै पार्टि भएकोले यो निर्वाचनमा हार जित भयो भनेर कोहि पनि दुखि हुन नपर्ने बताउनुभयो । यस्तैगरी नव निर्वाचित नेपाली काङ्ग्रेसका सभापति रामनाथ अधिकारीले अब नेपाली काङ्ग्रेसलाई अझ सशक्त बनाएर लैजाने दाबी गर्नुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस