आज:  | Thu, 28, Mar, 2024

गैसस महासंघको निर्वाचित पदाधिकारिहरु सँगको पहिलो बैठक सम्पन्न

९ पुष २०७८, शुक्रबार १७:४२ मा प्रकाशित ( २ साल अघि) ५५१ पाठक संख्या
नारी बाटिका


धादिङ ।
गैर सरकारी संस्था महासंघ धादिङको १७ औं वार्षिक साधारण सभा तथा सातौ अधिवेशन बाट निर्वाचित पदाधिकारिहरुको पहिलो बैठक सम्पन्न भएको छ । साथै बिहिबार नै डेक नेपालको सहयोगमा गैह्रसरकारी संस्थासंस्थाहरु संग सहकार्य निर्देशिका २०७८ को मस्यौदा बारे अन्तरक्रिया कार्यक्रम पनि गरिएको छ । जसबाट महासंघ धादिङले पालिका संयोजन गर्न फोकल पर्सन समेत तोकेको छ । १३ वटा स्थानिय तह अन्र्तगत निलकण्ठ नगरपालिकाको संयोजकमा भगवती उप्रेती र राम नेपाली, सिद्धलेक गाउँपालिका संयोजकमा ईश्वरी कोईराला, ज्वालामुखी गाउँपालिका संयोजकमा ईन्द्र मान शाक्य, गंगाजमुना, रुवीभ्याली र नेत्रावती डबजोङ गाउँपालिका संयोजकमा सिलास तामाडं र वबिन तामाङ रहेका छन् । त्यस्तै धुनवेशी नगरपालिका संयोजकमा चेतनाथ ईटनी, त्रिपुरासुन्दरीमा कविता थापालाई जÞिम्मेवारी दिएको छ ।
त्यस्तै महाँसंघका निवर्तमान अध्यक्षहरु मध्य बाट निम्न अनुसार दामोदर अर्याल, गोपाल लम्साल र केशव दुवाडी सल्लाहकारमा छनौट गरिएको छ । अन्तरक्रियामा विभागको पुर्णता दिई सल्लाहकार समिति गठन गर्नुका साथै गैर सरकारी संस्थाहरुसंग सहकार्य सम्वन्धी निर्देशिकाको मस्यौदा माथि छलफल गरिएको हो । बागमती प्रदेश समितिका अध्यक्ष दामोदर अर्याल, निवर्तमान अध्यक्ष एकराज छत्कुली सहित महाँसंग धादिड का सबै पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा महत्वपूर्ण भावी योजना माथी छलफल गर्नुका साथै जिल्लामा २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यलय मा दर्ता भएका संस्थाहरु,बाल क्लवहरु लगायत का संध संस्थाहरुको सक्रियता बढाउन क्षमता बिकास गर्ने, संस्था र सामाजिक अभियंता हरुको दिगो बिकासका लागी योजना तयार गरी महासंघमा आवद्ध विषयमा पनि छलफल गरी निर्णय गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस