आज:  | Tue, 16, Apr, 2024

धादिङका दिलमान पाख्रिन कांग्रेस केन्द्रिय सदस्यमा विजयी

८ पुष २०७८, बिहीबार १७:३३ मा प्रकाशित ( २ साल अघि) ८१४ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नेपाली कांग्रेस धादिङका नेता दिलमान पाख्रिन नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा विजयी हुनुभएको छ । नेपाली कांग्रेसकाे ७२ बर्षे ईतिहासमा १ हजार ९ सय ३९ मत प्राप्त गरि धादिङबाट केन्द्रीय सदस्य बन्ने पहिलो व्यक्ति हुनुहुन्छ पाख्रिन । देउवा समुहबाट उम्मेदवार बन्नुभएको उहाँ ८ जना भित्र पर्दै चाैंथाे नम्वरमा निर्वाचित हुन सफल हुनुभएको हो ।
यसअघि धादिङ कांग्रेसकाे ईतिहासमै पहिलाे पटक २०७४ सालमा राज्यमन्त्री बन्न सफल हुनुभएको थियो । धादिङ घर भएका महामन्त्रीका उम्मेदवार डा. राजाराम कार्की, महिलाबाट केन्द्रिय सदस्यको उम्मेदवार कल्पना अधिकारी, बागमती प्रदेशबाट केन्द्रिय सदस्यको उम्मेदवार बनेका रमेश धमला र दलित खुल्लाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका गोपाल विश्वकर्मा भने पराजित हुनुभएको छ

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस