आज:  | Fri, 19, Apr, 2024

सानिमा बैंक नौबिसे शाखा द्धारा २ जना विद्यार्थीहरुलाई छात्राबत्ति वितरण

२१ मंसिर २०७८, मंगलवार १२:०३ मा प्रकाशित ( २ साल अघि) ८३९ पाठक संख्या
नारी बाटिका


धादिङ,२१ मंसिर ।
सानिमा बैँक नौबिसे शाखाले २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्राबत्ति वितरण गरिएको छ । मंगलबार सानिमा बैंकको १७ औं बार्षिक उत्सवको उपलक्ष्यमा छात्राबत्ति वितरण गरिएको हो । सानिमा बैंकको काठमाण्डौं बाहिरका शाखाहरुले हरेक बर्ष बार्षिक उत्सवको उपलक्ष्यमा छात्रवृती प्रदान गर्दै आएको छ ।

सोही अन्तर्गत धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्षको एस.ई.ई परिक्षामा उतीर्ण विद्यार्थीहरु मध्येबाट आबेदन माग गरी आबेदन परेका मध्येबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको सानिमा बैंक नौबिसे शाखाका प्रबन्धक शदिप बिक्रम शाहले जानकारी दिनु भयो ।
छात्रवृत्ति पाउनेमा धुनिबेशी ९ स्थित डिल्ली साबित्री माध्यमिक विद्यालयका छात्र सृजन खत्री र धुनिबेशी ५ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका छात्रा रञ्जना रेग्मी रहेका छन् । छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ को सम्पुर्ण शुल्क र शैक्षिक सामाग्रीहरुका साथै मासिक रू २ हजारका दरले प्रत्येक महिना खाजा खर्च समेत पाउने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस