आज:  | Fri, 19, Apr, 2024

धादिङबेशीको पशुपति मन्दिरमा आज साँझ जात्रा लाग्दै

१६ मंसिर २०७८, बिहीबार ०८:२२ मा प्रकाशित ( २ साल अघि) ७५२ पाठक संख्या
नारी बाटिका


धादिङ,१६ मंसिर ।
धादिङबेशीको पशुपति मन्दिरमा आज साँझ जात्रा लाग्दैछ । हरेक वर्ष वालाचतुलर्शीको दिन लाग्ने यस मन्दिरको मेलामा परम्पागत रुपमा चलिआएको (सतबिज छर्ने, बत्ती बाल्ने) कार्य गर्न हजारौं को संख्यामा भक्तजनहरु आउने गर्दछन् ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनोलाई सतबिजका रुपमा छर्ने गरिन्छ। एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने जनविश्वास छ ।
आजको दिन मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली पनि लैजाने चलन छ । फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने गरिन्छ ।
विहिबार साँझदेखि लाग्ने पशुपतिनाथको जात्रालाई औसी जात्रा पनि भनिन्छ । पचास वर्ष भन्दा अघिदेखि लाग्दै आएको जात्रा हेर्न धादिङ आसपासका जिल्लाहरुबाट पनि भक्तजनहरु मन्दिर परिसरमा आउने गर्दछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस