आज:  | Fri, 28, Jan, 2022

अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी

१४ मंसिर २०७८, मंगलवार १६:४० मा प्रकाशित ( १ महिना अघि) २४९ पाठक संख्या
नारी बाटिका

धादिङ,१४ मंसिर ।
अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनी चयन हुनु भएको छ ।‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित धादिङ समाजको प्रवक्तामा लोहनीलाई चयन गरिएको हो ।
अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो ।समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस