आज:  | Fri, 29, Mar, 2024

कांग्रेस धादिङको जिल्ला अधिवेशन आज हुँदै

११ मंसिर २०७८, शनिबार ०५:१२ मा प्रकाशित ( २ साल अघि) ५७५ पाठक संख्या
नारी बाटिका


धादिङ,०११ मंसिर ।
नेपाली कांग्रेस धादिङको जिल्ला अधिवेशन आज हुदैछ । पार्टीको १४औँ महाधिवेशनका लागि सभापतिका लागि देउवा पक्षका भीमप्रसाद ढुंगाना र पौडेल पक्षका रामनाथ अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।
ढुंगानालाई पूर्ब कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको साथ छ । अधिकारीलाई हालका जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, जिल्ला उपसभापति भक्त लामाको साथ छ । सभापतिका उम्मेदवार रामनाथ अधिकारी समुहबाट उप सभापतिमा द्वय गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवमाद्वय रामकृष्ण पाण्डे र विकास श्रेष्ठ, सहसचिवमाद्वय नवराज तिमल्सिना र क्रान्ति डल्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् भने सभापतिका उम्मेदवार भिम ढुङ्गाना प्यानलबाट उप सभापतिमा द्वय शेर बहादुर तामाङ र झंकनाथ भट्ट, सचिवमा राजु पाख्रिन र राजेन्द्र अधिकारी, सहसचिवमा हरि प्रसाद खतिवडा र विजयकुमार पाख्रिन रहेका छन् ।
२१९७ जना प्रतिनीधि मतादाताले मतदान गर्ने कांग्रेस धादिङको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमितिमा पदाधिकारी ७ र सदस्य ४८ गरि ५५ जना र केन्द्रीय महाधिवेशन प्रतिनिधि ९अपांगता भएका व्यक्ति० १ र प्रदेश अधिवेशन प्रतिनिधि १ गरि ५७ पदका लागि निर्वाचन सुरु हुदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस