आज:  | Fri, 19, Apr, 2024

धादिङमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

९ मंसिर २०७८, बिहीबार १२:३२ मा प्रकाशित ( २ साल अघि) ५११ पाठक संख्या
नारी बाटिका


धादिङ,०९ मंसिर ।
धादिङ लगाएत देशभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज बाट सूरु भएको छ । घरबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका सुरु भएको अभियान अवधिभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
अभियानको पहिलो दिन जिल्ला लैङ्गिक हिंसा नियन्त्रण संजालको आयोजना र नीलकण्ठ नगरपालिका,  नारी जागरण केन्द्र तथा नारी विकास सहकारी, प्रहरी कार्यलय, युएसएआईडी, डेक नेपाल, इन्सेक, एड्भान्स एकेडेमी लगायतको आयोजनामा धादिङबेशिमा र्याली निकालिएको छ।
लैगिक हिंसा विरुद्धको १६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाइदै आइरहेको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस